Connect with us

समसामयिक

माडर सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

Published

on

भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।  

सिरहा नगरपालिका–१७ माडरस्थित सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। दुवै देशका सुरक्षा निकायले तालमेल गर्दै संयुक्त गस्ती थालेका छ्न।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र शान्ति सुरक्षा सुनिश्चित गर्न संयुक्त गस्ती सुरु गरिएको छ।  सुरक्षाफौजको यस्तो सहकार्यले सीमावर्ती क्षेत्रमा अनावश्यक आवतजावत, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

भारत-पाकिस्तान तनावले उक्त क्षेत्रका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहेको सुरक्षा निकायको निष्कर्ष छ। गृह मन्त्रालय स्रोतका अनुसार युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ। यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ। 

यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राख्ने सरकारको तयारी छ।  परिचय नभएका व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउने निष्कर्ष पनि निकालिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.