Connect with us

राजनीति

दशकौंदेखि देउवालाई साथ दिएका गोपालमानको संगीन आरोपः ‘देउवा संदिग्ध तानाशाही’

Published

on

कांग्रेस नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा ‘संदिग्ध तानाशाही’ को गम्भीर आरोप लगाएका छन् । देउवाले कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गर्नुअघि देखि नै श्रेष्ठले उनलाई साथ दिँदै आएका थिए । उनै श्रेष्ठले विशेष महाधिवेशनको मुखमा आज देउवालाई संगीन आरोप लगायउँदै उनको साथ छाडेको घोषणा गरेका छन् ।

श्रेष्ठले युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई साथ दिने प्रतिबद्धता समेत जनाएका छन् । आज अपरान्ह सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले भने, “सभापतिज्यूको चरित्र संदिग्ध भयो । अझै पनि चेत पसेन । तानाशाही प्रवृत्ति दोहोर्‍याएको दोहोर्‍याइ गर्नुभयो । १४ औँ महाधिवेशनमा मैले जे गरेँ, त्यो गलत गरेको रहेँछु ।”

श्रेष्ठले आफूले देउवाबाट पटक पटक धोका पाएको पनि जिकिर गरे । उनको थप भनाइ छ, “बेइमानी कहाँ कति भयो भन्ने कुरै छाडिदिउँ । देउवाको अन्याय, ज्यादती र तानाशाही नेतृत्वलाई कति हेरेर बस्ने ? मैले अब गगन थापालाई अघि बढाउने हो ।”

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.