कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निम्तो तिरस्कार गरेका छन् । विशेष महाधिवेशनमा प्रमुख अतिथिको उपस्थितिका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका छन् ।
देउवा र उनका स्वकीय सचिवले पत्र पनि बुझ्न नमानेको साहले जानकारी दिएका छन् । बैठकमा रहेका देउवालाई भेटेर पत्र बुझाउने तयारी भए पनि आधा घण्टासम्म बस्दा समेत ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र उनले फर्काइदिएको साहको भनाइ छ । ।
“यस्तो पत्र बोकेर पार्टी सभापतिकहाँ आउन तपाईंलाई लाज लाग्दैन् ?” भानु देउवाको भनाइ उद्धृत गर्दै साहले भने । यद्यपि टोलीले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डाक्टर नारायण खड्का सहितलाई पत्र बुझाएको छ ।