Connect with us

समसामयिक

सिरहा १८ प्रतिशत मात्र रोपाइँ, आकासे पानीको पर्खाईमा किसान

Published

on

सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ।  लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।

लामो समयदेखि वर्षा नभएको तथा खोतहरुमा सिँंचाइको सुविधासमेत नभएकै कारण हालसम्म करीब १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठले जनाएको छ । पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख महासेठले बताए। 

असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म १८ प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए । वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक आर्टिफिसियल सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्। अधिकांश किसानहरु अझै आकाशे पानीको प्रतिक्षामा छन् ।

यस्तै कृषि मजदूरको आभावमा पनि वर्षेनी धानखेती प्रभावित हँुदै आएको छ । एकातिर सिँचाइको अभाव अर्काेतिर आवश्यकता अनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको गोलवजार १० का किसान राम किसुन महतोको गुनासो छ । सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

सिरहामा कूल धान खेती योग्य ५४ हजार क्षेत्रफल जग्गा छ। तर, हाल सम्म जम्मा ९ हजार सात सय विस हेक्टर जग्गामा मात्र धान रोपाई भएको छ ।

मुकेशकुमार यादव/सिरहा


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.