Connect with us

अन्तर्राष्ट्रिय

अफगानिस्तानको गृह मन्त्रालयभित्रै आत्मघाती बिस्फोट, मन्त्रीसहित आधा दर्जनको मृत्यु

Published

on

अफगानिस्तानको राजधानी काबुलमा गृह मन्त्रालयभित्रै आत्मघाती बम बिस्फोट भएको छ । उक्त बिष्फोटामा परी शरणार्थी तथा स्वदेशफिर्ती मामिलासम्बन्धी मन्त्री खलिल हक्कानीको मृत्यु भएको छ भने अन्य छ जना समेत मारिएका छन् ।

खलिल हक्कानी तालिबानभित्रको शक्तिशाली समूह हक्कानी नेटवर्कका शीर्ष नेता थिए । सन् २०११ मा अमेरिकाले उनीबारे सूचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो । चरमपन्थी तालिवानले तीन वर्षअघि त्यहाँको सत्ता कब्जामा लिएपछि मारिनेमा हक्कानी हालसम्मकै शीर्ष नेता हुन् ।

आक्रमणको जिम्मा चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले लिएको सञ्चा माध्यमहरुले जनाएका छन् । जलालुद्दिन हक्कानीका छोरा तथा खलिल हक्कानीका भतिजा सिराजुद्दिन हक्कानी अफतानिस्तानमा तालिवानी सरकारको गृहमन्त्री छन् ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.