Connect with us

समसामयिक

सूर्यविनायकका वडा सचिव एवं मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ

Published

on

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन् ।

जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई मध्यपुर थिमि नगरपालिका वडा नं ४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो । श्रेष्ठलाई नगद ६ हजार नौं सय रुपैँयासहित पक्राउ गरिएको हो । 

पक्राउ परेका वडा सचिव श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका एउटा वडाका वडा अध्यक्षका भाइसमेत हुन् । उनी मध्यपुर थिमि नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका भाइसमेत हुन् । 

सोही समूहमा स्वास्थ्य मन्त्रालयका अधिकृत मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । उनलाई नगद रु. ११ हजार दुई सय रुपैँयासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरु दुवै जनासहित नौ जनाको समूहमा तास खेलिरहेको बेला एकैचोटी उनीहरु पक्राउ परेका हुन् । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.