Connect with us

राजनीति

प्रहरीसँग झडप भए पछि शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक

Published

on

नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भए पछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । 

बिगत चैत २० देखी जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

निषेधित क्षेत्र तोडन खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरी बिच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथी पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।

सो क्रममा प्रहरीले अहिलेसम्म एकजना शिक्षकलाइ पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौं शिक्षक घाइते भएका छन् ।   


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.