Connect with us

अन्तर्राष्ट्रिय

भारतमा निर्वासित दलाई लामा उत्तराधिकारी घोषणाको तयारीमा

Published

on

तिब्बतका आध्यात्मिक नेता दलाई लामाले उत्तराधिकारी घोषणा गर्ने तयारी गरेका छन् । आफ्नो ९०औँ जन्मदिनअगाडि उनले धार्मिक विधि अनुसार बौद्ध धमका प्रमुख गुरुहरुको तीनदिने भेला डाकेर उत्तराधिकारी घोषणाको तयारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती समाचार संस्था रोयटर्सका अनुसार, लामाले उत्तराधिकारी घोषणा गर्ने कदमले चीनलाई थप रुष्ट बनाउन सक्छ । सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा असफल विद्रोह गरी त्यहाँबाट भागेर लामाले भारतमा निर्वासित जीवन बिताउँदै आएका छन् । उनलाई चीनले पृथकवादी नेताको रूपमा हेर्छ । चीनले लामोका उत्ताराधिकारी आफैँ छान्ने बताउँदै आएको छ ।

यता लामाले बेइजिङले छानेको कुनै पनि व्यक्तिलाई आफ्ना अनुयायीहरूलाई अस्वीकार गर्न आग्रह गरेका छन् । १४औँ दलाई लामा अर्को आइतबार ९० वर्ष पुग्दै छन् । उनले वरिष्ठ भिक्षुसहित अन्यसँग परामर्श गरेर आफ्नो मृत्युपछि उत्तराधिकारीका विषयमा छलफल गर्ने बताएका छन् ।

“मेरो जति जीवन बाँकी छ । अरूको हितका लागि समर्पित गर्नेछु,” दलाई लामाले आज सोमबार मात्र अनुयायीहरूको एक भेलालाई सम्बोधन गर्दै भनेका छन्, “दलाई लामाहरूको संस्थाको निरन्तरताबारे कुरा गर्न सकिने कुनै न कुनै ढाँचा हुनेछ ।”

उनी भारतको उत्तरी हिमाली सहर धर्मशाला नजिक बस्छन् । उनले यसअघि उनको पुनर्जन्म भारतमा हुन सक्ने बताएका थिए ।

रोयटर्सबाट

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.