Connect with us

समसामयिक

पुर्वाञ्चल विश्वविद्यालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

Published

on

 पुर्वाञ्चल विश्वविद्यालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरेले आरोप लगाएका छन् ।

उनले विश्वविद्यालय पार्टीकरण हुनु दुःखद भएको भन्दै विश्वविद्यालयमा राजनीतिक गतिबिधि अमान्य हुने घोषणा गरेका छन् ।

‘नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रुपमा पूर्वाञ्चल बिश्वविद्यालयलाई पूर्ण रुपमा एमालेकरण गरी संस्थाको प्राज्ञिक मर्यादा र गरिमा माथि ठूलो खेलवाड भएको छ, उपकुलपति र रजिस्ट्रार दुवै पदमा एमाले समर्थकको नियुक्ति पश्चात् यस संस्थालाई आफ्नो दलको क्रिडास्थल बनाउने प्रपञ्च सफल भएको छ, उनले भने, ‘कोशी प्रदेशबासीको तर्फबाट यस निर्णयको घोर भर्त्सना गर्दछु, साथै हरेक नियुक्तिलाई हेर्ने नेपाली कांग्रेस र एमालेको साझा संयन्त्रमा रहेका कांग्रेस प्रतिनिधिहरुको भूमिका प्रति खेद छ र बिश्वविद्यालयमा भविष्यमा हुनसक्ने हरेक राजनीतिक गतिविधि अमान्य हुने घोषणा समेत गर्दछु।’

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.