Connect with us

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको राष्ट्रपतिमा बाम झुकावका लि बिजयी

Published

on

दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा वाम झुकाव लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ विजयी भएका छन् ।

उनले सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) को किम मुन सुलाई पराजित गरेर यो बिजय हासिल गरेका हुन् ।

मत परिणाम अनुसार लीले ४८.३१ प्रतिशत भोटका साथ अगाडि रहे भने किमले ४२.९ प्रतिशत भोट मात्र पाउन सफल भए पछि उनी बिजयी भएका हुन् । यस निर्वाचनमा ६ जना उम्मेदवार मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा भने डिपिके र पिपीपी पार्टीका उम्मेदवारहरू बीच मात्रै रहेको थियो ।  

सो जित पछि लीले भने, ‘म मतदातालाई धन्यवाद दिन्छु। म यो जिम्मेवारी कहिल्यै बिर्सने छैन र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’

सोही क्रममा किम मुनले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र ली जे म्युङलाई विजयको शुभकामना दिन्छु ।’

राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा उच्च हो जबकि सन २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत मत खसेको थियो। सन् १९८७ मा दक्षिण कोरियामा भएको निर्वाचनमा सबैभन्दा बढी मतदाता ८९.२ प्रतिशत थियो।

सन् २०२७ मा दक्षिण कोरियामा चुनाव हुने भएता पनि पीपीपी पार्टीका युन सुक येओललाई गत वर्षको डिसेम्बरमा मार्शल ल लागू भएपछि राष्ट्रपति पदबाट हटाइएको थियो ।

युन सुक येओलले मार्शल ल लागू गर्नुको कारण राज्य विरोधी शक्ति र उत्तर कोरियाको धम्कीलाई उद्धृत गरेका थिए। तर, यो चाँडै स्पष्ट भयो कि उनले आफ्नो राजनीतिक समस्याबाट छुटकारा पाउन मार्शल ल लगाएका थिए।

एक सातापछि संसदले उनलाई महाभियोग लगाएको थियो । र, गत अप्रिल ४ मा संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्यो र स्थायी रूपमा पदबाट हटायो। यसपछि ऐनअनुसार ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य थियो, जसअनुसार यो समयसिमा भन्दा अगाडी नै निर्वाचन भएको हो ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.