Connect with us

समसामयिक

स्कटल्यान्डबाट स्वदेश आइपुग्यो नेपाली क्रिकेट टोली

Published

on

स्कटल्याण्डमा लिग २ को एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखलामा सहभागी भएर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले स्वागत गरेका छन् ।

नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँग दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित र एक खेलमा विजयी भएको थियो ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान रोहित पौडेलले यस शृंखलामा टिमले सोचेभन्दा राम्रो खेलेको र राम्रो उपलब्धी हासिल गरेको बताए । टी-२०आई शृंखलामा नेपालले ४ मध्ये २ खेल जितेको थियो । स्कटल्याण्ड जानुअघि नेपालले बेलायत भ्रमण गरेर अभ्याससमेत गरेको थियो ।

अब नेपालले सेप्टेम्बरमा वेष्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्ने छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.