Connect with us

अन्तर्राष्ट्रिय

पेरिस ओलम्पिक समापन हुदैँ, यी हुन् सबैभन्दा बढी पदक जित्ने १० देश (सूचीसहित)

Published

on

पेरिस ओलम्पिकको समापन समारोह आज हुदैँछ । एक रोमाञ्चक खेलको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ ।

समापन समारोह पेरिसको स्थानीय समय अनुसार करिब  साँझ ६ बजेबाट तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ।

ओलम्पिकको अर्को खेल अमेरिकाको लस एन्जल्समा २०२८ मा हुनेछ । 

यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन भने अफ्रिका र दक्षिण अमेरिकाका देश भने शिर्ष १० मा अटाउन असफल भएका छन् । 

हालसम्मको नतिजा अनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ काँस्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ । 

दोस्रो स्थानमा अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ काँस्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ । 

तेस्रो स्थानमा अष्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ काँस्य पदक रहेका छन भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ काँस्यसहित ४३ पदक जीत हासिल गरेको छ । 

६२ पदकसहित पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ काँस्य पदक जीत हासिल गर्न सफल भएको छ  । आयोजक फ्रान्स पछि छैटौं नम्बरमा रहेको बेलायतले १३ स्वर्ण, २२ रजत र २७ काँस्यसहित ६३ पदक जितेको छ ।

सातौं स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ काँस्य पदकसहित कुल ३० पदक जीत हासिल गरेको छ भने आठौं नम्बरमा रहेको नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ काँस्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।

जर्मनी कुल ३१ पदकसहित नवौं स्थानमा रहेको छ, जसले १२ स्वर्ण, ११ रजत र ३ काँस्य पदक जितेको छ भने १० औं स्थानमा रहेको इटालीले ११ स्वर्ण, १३ रजत र १५ काँस्यसहित ३९ पदकमा बिजयी हासिल गरेका छन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.