नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ । हिजो बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा दुई सय ७० रुपैयाँले घटेर प्रतितोला चार हजार सात सय १० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।