नेकपा एमालेका शीर्ष नेताहरुले बिधान महाधिवेशन स्थल गोदावरी सनराईज हलको निरक्षण गरेका छन् ।
एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले शीर्ष नेताहरुले महाधिवेशन स्थलको निरक्षण गरेका हुन् । एमालेको बिधान महाधिेशन आगामी जेठ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदैछ ।
सोही क्रममा आज बिहान कार्यबहाक अध्यक्ष पोखरेल, उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम, स्वास्थ्य बिभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीलगायतका नेताहरुले महाधिवेशन स्थल निरीक्षण गरेका हुन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा रहनुभएकोले हाल एमालेको कामको नेतृत्व कार्यबहाक अध्यक्ष इश्वर पोखरेलले गरेका थिए ।
महासचिव शंकर पोखरेलले महाधिवेशन तयारीको कामलाई तीब्रता दिन ब्यवस्थापनमा खटिएका टीमलाई निर्देशन दिए । एमालेले आफ्नो बिधान महाधिवेशनलाई जेनजी पुस्तादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने गरी हलको डिजाइन गर्ने बताएको छ । प्रविधिको प्रयोगमा सवैभन्दा अगाडि रहेको एमाले यो महाधिवेशनबाट ब्यवहारमा त्यसलाई सिद्ध गर्ने योजनाका साथ काम थालेको छ ।