Connect with us

समसामयिक

थ्री स्टार क्लवको स्वर्ण जयन्ती, हुनेछ विभिन्न कार्यक्रम

Published

on

नेपालकै चर्चित खेलकुद क्लव थ्री स्टार क्लव लतिलपुरको स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।

सम्मेलनमा क्लवका अध्यक्ष ज्ञानबहादुर शाक्यले पहिलो र दोश्रो चरण गरी दुई चरणमा कार्यक्रम गर्ने योजना रहेको सुनाए । उनका अनुसार पहिलो चरणमा रक्तदान तथा स्वास्थ्य परीक्षण र थ्री स्टारका पूर्व खेलाडीहरुवीच मैत्रीपूर्ण खेल तथा मिलन कार्यक्रम हुनेछन् । दोश्रो चरणमा सम्मान तथा अभिनन्दन र सांगेतिक तथा नेवा भ्वय कार्यक्रम गर्ने छन् ।

 
महासचिव धर्मेन्द्रराज शाक्यले क्लवले समग्र देशको खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी गराए ।  थ्री स्टार क्लव ललितपुरको स्थानीय युवाहरुको सक्रियतामा २०३१ सालमा स्थापित भएको क्लव हो । यो नेपालको ए डिभिजन क्लवहरुमध्ये सक्रिय, प्रतिष्ठित र जनमानसमा चिरपरिचित छ । 
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.