Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पले सुरु गरे ‘गोल्ड कार्ड’ योजना, अमेरिकी नागरिकता बिक्रीमा

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ योजनाको औपचारिक सुरुआत गरेका छन् । यस योजनाअन्तर्गत कम्तीमा १० लाख डलर भुक्तानी गर्ने विदेशीहरूलाई तत्कालै अमेरिकी भिसा प्रदान गरिने छ । आज बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “यो कार्ड खरिदकर्तालाई सबै योग्य र प्रमाणित व्यक्तिका लागि नागरिकतासम्मको सिधा बाटो उपलब्ध गराउनेछ । धेरै रोमाञ्चक १ हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन् ।”

‘ट्रम्पले ट्रम्प गोल्ड कार्ड’को घोषणा यसै वर्षको सुरुमा गरेका थिए । ‘गोल्ड कार्ड’ अमेरिकी भिसा हो । यो त्यस्ता व्यक्तिलाई प्रदान गरिन्छ, जसले देशलाई ‘महत्त्वपूर्ण लाभ’ दिने प्रमाण प्रस्तुत गर्न सक्छन् । वासिंगटनले अध्यागमन कडाइ गरिरहेकै बेला यो योजना सार्वजनिक भएको छ । यस योजनामा कार्य (वर्क) भिसाको शुल्क बढाउने र कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने नीति समावेश छ ।

शुल्क र ‘प्लाटिनम’ संस्करण

‘गोल्ड कार्ड’ योजनाले अमेरिकी नागरिकता प्रदान गर्नेछ । जसका लागि १० लाख डलर शुल्क तिर्नुपर्ने छ । कर्मचारीलाई प्रायोजन गर्ने व्यवसायीले भने २० लाख डलरसहित थप शुल्क पनि तिर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार कार्डको ‘प्लाटिनम’ संस्करण पनि उपलब्ध हुनेछ, जसले विशेष कर छुट प्रदान गर्नेछ । यसका लागि ५० लाख डलर तिर्नुपर्ने बताइएको छ ।

यसै वर्ष फेब्रुअरीमा घोषणा भएदेखि नै गोल्ड कार्ड योजनाको आलोचना हुँदै आएको छ । केही डेमोक्रेटहरूले यसलाई धनी वर्गलाई अनुचित रूपमा फाइदा पुग्ने योजना भएको आरोप लगाएका छन् ।
एजेन्सीहरु

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.