Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !

Published

on

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच डिसेम्बर ७ मा फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको छ ।

दुवै नेता नोट्रेडेम क्याथेड्रल चर्चको उद्घाटन समारोहमा सहभागी हुन यहाँ पुगेका थिए । क्याथेड्रल चर्च आगलागी भएको पाँच वर्षपछि पुनर्निर्माण गरिएको छ।

भेटपछि डोनाल्ड ट्रम्पले जिल बिडेनसँगको आफ्नो तस्बिर सेयर गरेका छन् । यो तस्बिर ट्रम्पले आफ्नो परफ्युमको प्रचारका लागि प्रयोग गरेका थिए । ट्रम्पले यसको क्याप्सनमा लेखेका थिए यस्तो सुगन्ध जसलाई तपाईका शत्रुले पनि रोक्न सक्दैनन् ।

ट्रम्पको यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा मेम्स पनि बनाइएको छ । यस्तै एउटा मेममा यस्तो लेखिएको थियो कि तपाईले जिल जस्तो देखिने व्यक्ति खोज्नु पर्छ। यो मेम सेयर गर्दै ट्रम्पले लेखे( जिल धेरै राम्रो छ। उहाँसँग धेरै राम्रो कुराकानी भयो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.