Connect with us

समसामयिक

ट्वान्टी-२० विश्वकप छनोटः नेपाल समूह ‘बी’ मा, कुवेत र जापानसँग प्रतिस्पर्धा

Published

on

ट्वान्टी–२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानसँग खेल्ने भएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो, जसअनुसार समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउने छन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

ओमानमा हुने छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.