Connect with us

समसामयिक

युएईले दियो नेपाल सामु ११५ रनको लक्ष्य, ग्लोबल छनौटलाई दुवै टोली आक्रामक

Published

on

संयुक्त अरब इमिरेटस (युएई)ले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालका सामु युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टेर्डथाइ क्रिकेट मैदान, थाइल्याण्डमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी थिइन, जुन खेलमा युएईले सो बराबरको लक्ष्य नेपालका सामु दिएको हो । 

यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ, त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा रहेका छन् ।

सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ भने आजको बिजेता टोलीले सो स्थान बनाउनका लागि संघर्षरत रहेका छन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.