Connect with us

राजनीति

दोलखा गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली निर्वाचित

Published

on

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन्। उनी २ हजार ८ सय ५ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी नीमलेकी शेर्पाले २ हजार ६ सय मत पाएकी छन् ।

नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी स्वर्गीय श्यामसुन्दरकी धर्मपत्नी पासदीकी शेर्पा तामाङले १ हजार ७ सय २७ मत ल्याएकी छन्। 

नेकपा एकीकृत समाजवादीकी रविना खड्काले ९० , राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी गोमा श्रेष्ठले १ सय,  राप्रपाकी मनकुमारी श्रेष्ठले १ सय १८, जनता समाजवादी पार्टीकी सपना कार्कीले २३ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ।

गौरीशंकरमा १२ वटा मतदानस्थलको २१ वटा मतदान केन्द्रमा जम्मा  ७ हजार ५ सय ८९ मत खसेको थियो भने ८० मत बदर भएको थियो। ९ वटा वडा रहेको यस गाउँपालिकामा १५ हजार ७ सय १८ मतदाता थिए। गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष लागि भएको निर्वाचनमा ७ राजनीतिक दलसहित १६ जना उम्मेद्वार चुनावी मैदानमा थिए।

२०७९ को निर्वाचनमा उपाध्यक्ष पदमा कांग्रेसबाट श्यासुन्दर तामाङ  निर्वाचित भएका थिए। गत वर्ष हृदयघातका कारण उनको मृत्यु भएपछि आइतबार उक्त पदमा निर्वाचन भएको हो। 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.