चीनले जापान विरुद्ध युद्ध जितेको ८० औँ वर्षगाँठका अवसरमा भव्य सैन्य परेड गर्दैछ । उक्त सैन्य परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ(उनले सुहभागिता जनाउने भएका छन् । चीनले आउँदो सेप्टेम्बर ३ मा उक्त सैन्य परेड देखाउँदै छ । चीनको विदेश मन्त्रालयले उक्त जानकारी दिएको हो।
चीनले यो सैन्य परेड जापानसँग युद्ध जितेको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको हो । विभिन्न सञ्चार माध्यमका अनुसार चीनले यस परेडमा आफ्ना नयाँ हतियार प्रदर्शन गर्नेछ, जसमा सयौँ विमान, ट्याङ्क र ड्रोनविरोधी प्रणाली हुनेछन्।
परेडमा चीनले आफ्नो सेनाको नयाँ शक्ति पूर्ण रूपमा प्रदर्शन गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ। यता जापानले भने चीनको उक्त सैन्य परेडमा सहभागी नहुन आफ्ना मित्र राष्ट्रहरुलाई अनुरोध गरिरहेको छ ।