Connect with us

राजनीति

रवि लामिछाने र रविन्द्र मिश्रलाई प्रतिशोधपुर्ण रूपमा थुनियोः मनिष झा

Published

on

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र पार्टी सभापति रबि लामिछानेको थुनाका बारेमा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस मिश्र र लामिछानेलाई थुनामा राखेको आरोप लगाएका हुन् ।

‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहार प्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले मंगलबारेका संसद बैठकमा भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाएर हिरासतमा पुर्याए । उहाँलाई धन्यावाद छ स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । म आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.