Connect with us

राजनीति

राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालतमा उपस्थित गराइँदै

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाइ आज पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैँछ ।

यसअघि अदालतले दिएको ३ दिनको म्याद आज सकिने भए पछि म्याद थपका लागि मिश्रलाइ आज अदालतमा लगिन लागेको हो ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको आज भोली एक महिना पुग्दैछ । 

गत चैत १५ गते काठमाडौं, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा मिश्रलगायतका सयौं पक्राउ परेका थिए । 

उनी सँगै चैत १५ गते राती पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा भने ‘क्यान्सर बिरामी’ भएकाले गत हप्ता नै छुटिसकेका छन । हाल दिल्लीमा उपचाररत राणा आज स्वदेश फर्कदैछन् ।

यसअघि गरिएको ३ दिनको म्याद थप सकिए सँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा मिश्रलाई उपस्थित गराउन लागिएको हो।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.