Connect with us

राजनीति

रविन्द्र मिश्र तीन लाख धरौटीमा रिहा

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस पछि उनी तीन लाख धरौंटीमा रिहा भएका हुन । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो । 

सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथीको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् । 

गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो । 
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.