Connect with us

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

Published

on

 प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले हिजो पनि उनीहरूले संसदमा अबरोध गरिरहेका छन ।

पटक पटक स्थगित हुदैँ आएको बिहिवारकाे बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्विकार गरेका थिएनन ।  त्यस पछि बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए ।

शुक्रबारकाे बैठक पनि बस्दै नबसी स्थगित भए पछि आज १ः०० बजेका लागि तय गरिएकाे हाे । 

बैठकमा उपप्रधान तथा गृह मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची छ तर निरन्तर अबरोध र स्थगितले बजेट माथी छलफल हुन नै सकेको छैन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.