Connect with us

राजनीति

भ्रातृ संस्थाले कांग्रेसलाई कमजोर बनाएः मिनेन्द्र रिजाल

Published

on

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालले भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्नेक्रममा नेता रिजालले निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाएको बताएका हुन् ।

“महाधिवेशन प्रतिनिधि उत्पादन गर्न भ्रातृ संस्था गठन गर्‍यौँ, भाग मिलाउन गठन गर्‍यौँ । तर, न भ्रातृ संस्थानले पार्टी संगठन बलियो बनाए । न जनसम्पर्क समितिले पार्टी संगठन बलियो बनाए,” उनले बैठकमा भने । रिजालले निर्वाचन क्षेत्र तहसम्मको मात्रै भ्रातृ संस्था बनाउनुपर्ने प्रस्ताव राखे ।

उनले पार्टी सभापति आफूलाई बनाइदिँदा समस्या समाधान हुने भन्ने नेताहरूको भनाइले संगठन नबन्ने बताए । “दश जनाभन्दा बढी नेताले सभापति मलाई बनाइदिनुस् । बाँकी समस्या समाधान हुन्छ भन्छन् । त्यो भन्दा सुनेको छैन । यसरी पार्टी संगठन बन्दैन,” रिजालले भनेका छन् ।

उनले पार्टीको विधानलाई दुई चरणमा संशोधन गर्ने प्रस्ताव राखेका छन्। “पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको निर्वाचन गरौंं । महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ । त्यो सभापतिले तत्काल कार्यकाल सुरु गर्ने होइन, आमनिर्वाचनपछि कार्यकाल सुरु हुनेछ,” उनले भने ।

रिजाले सभापतिले विधान संशोधनको प्रस्ताव महाधिवेशनमा लाने बताए । “कस्तो पार्टी बनाउन खोजेको हो ? बनेको सभापतिले लिएर गएको प्रस्तावमा आमनिर्वाचन सकिएपछि बाँकी कामका लागि बाँकी महाधिवेशन गरोस्,” कांग्रेस केन्द्रीय समितिमा सहभागी अर्का एक केन्द्रीय सदस्यले रिजालको भनाइ उद्धृत गर्दै भनेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.