Connect with us

राजनीति

शिक्षा विधेयकलाई पारित गर्ने समितिको तयारी

Published

on

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई आज नै पारित गर्ने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले सञ्चारकर्मीहरुलाई आजै विधेयकलाई पारित गर्ने गरी तयारी गरिएको बताएका छन् ।

“आजको बैठकबाट विधेयक पारित हुने सम्भावना छ,” उनले समितिको कार्यकक्षमा पुगेका सञ्चारकर्मीलाई भनेका छन् । विधेयकमा पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाए पनि शिक्षकहरूले मानेका छैनन् ।

नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने अडान राखेको छ । शिक्षकले आफूहरूलाई स्थानीय तह मातहतमा नराख्न् पनि अडान राखिरहेका छन् । शिक्षकको यस आग्रहलाई सुन्न दलहरुले आनाकानी गरिरहेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.