Connect with us

राजनीति

मन्त्री क्वार्टरमा बिचौलियाले बिहानै घुसको ‘ब्रिफकेस’ छाड्छन्ः शेखर कोइराला

Published

on

सत्तासाझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्री क्वार्टरमा पुगेर बिचौलियाले घुसको ‘ब्रिफकेस’ छाडेको आरोप लगाएका छन् । आज मंगलबार (३१ असार) बिहान सामाजिक सञ्जालमार्फत कोइरालाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई बर्खास्त नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पछिल्ला दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस ‘डिल’ को अडियो चर्चामा छ । “मन्त्री क्वार्टरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्,” कोइरालाले एक्स पोस्टमा लेखेका छन् ।

संसद् बैठकमा विपक्षी दलका नेताहरूले विवादित मन्त्रीको ‘कर्मकाण्डी’ राजीनामा मात्र माग्ने गरेको र उनीहरू कडा रूपमा प्रस्तुत हुन नसकेको डा। कोइरालाले टिप्पणी गरेका छन् । सत्ता गठबन्धनको सहायत्री दल कांग्रेसको भूमिकाप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘यस्तै रहेछ यहाँको चलन’ शीर्षक दिएर उनले लेखेका छन्, “सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.