Connect with us

राजनीति

विद्या भण्डारीको सदस्यता नवीकरण पेण्डिङमा, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैनः एमाले

Published

on

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा रहेको बताएको छ। पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग संवाद गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको सुनाए।

राष्ट्रपति हुनका लागि आफैँले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रियामा विधानको धारा आकर्षित हुने उनको भनाइ छ । स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ। अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनुपर्नेतर्फबाट पनि ध्यानाकर्षण भएको छ। यसमा विभिन्न कोणबाट छलफल भएको छ। अहिले निष्कर्षमा पुगेका छैनौँ। स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ। उचित समयमा निर्णय लिन्छ। नवीकरण पेण्डिङ अवस्थामा छ।’

उनले बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताए। अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताए। बैठकले तत्काल पार्टी अध्यक्ष बनाएर जाने कुरामा सकारात्मक नरहेको निष्कर्ष निकालेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.