Connect with us

राजनीति

विद्या भण्डारीले किन गर्दैछिन् पत्रकार सम्मेलन ?

Published

on

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दैछिन् । भण्डारीले आज शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार भेटघाट कार्यक्रम राखेकी छन् । जहाँबाट उनले आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

अस्ति ६ साउनमा सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो । १४ असारमा आफ्ना पति मदन भण्डारीको ७४औं जयन्तीका अवसरमा भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन । भण्डारीको उक्त यात्रामा बिराम लगाउनेगरी एमालेले निर्णय गरेपछि अब के गर्ने भन्ने धारणा सुनाउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

जानकारका अनुसार भण्डारीले पत्रकार सम्मेलनमा आफूनिकट नेता–कार्यकर्ताहरूलाई बोलाएकी छन् । एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवं कानुनी प्रतिवादको तयारी गरेकी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.