Connect with us

समसामयिक

जेलमा २८ हजार ७१८ कैदीबन्दी छन्ः गृह मन्त्री 

Published

on

गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ हजार ४ सय २७ जना रहेका छन् भने महिला १ हजार ५ सय ५० जना रहेको अवस्था छ भने अहिले पुरुष बन्दी नै २७ हजार १६८ जना रहेका छन्।

सबैभन्दा बढी बन्दी बलात्कारका मुद्दामा रहेका छन, जसअनससार जबर्जस्ती करणीतर्फ २५.५४, लागुऔषध २४.३७, कर्तव्य ज्यानतर्फ १६.१२, सवारी अंगभंगतर्फ ४.१६, चोरी १३.८२ प्रतिशत कैदीबन्दी रहेका छन् ।

देशभरका ७५ वटा कारागार रहेको जानकारी दिदै गृह मन्त्री लेखकले कैदीबन्दी राख्ने कुल क्षमता १८ हजार मात्रै रहेको पनि जनाए । उनका अनुसार कैदीबन्दीलाई सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ दिइने गरिएको  छ।

प्रतिबन्दी वर्षको दुई जोर कपडा खरिद गर्न २५ सय, सिरक डस्ना किन्न प्रतिबन्दी ३ हजार वितरण गर्ने गरिएको छ । ‘बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिँदै आइएको छ,’ लेखकले भने । 
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.