Connect with us

समसामयिक

विराटनगर बाल सुधारगृहमा झडप, एक प्रहरी घाइते

Published

on

विराटनगर–३ मा रहेको बाल सुधारगृहमा आज दिउँसो दुई समूहका बालकहरूबीच झडप भएको छ । झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरन कुमार मण्डल घाइते भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, झडपपछि उनी स्वयं घटनास्थलमा पुगेका थिए । एसपी चिमरियाले भने, “घटना हाल नियन्त्रणमा आएको छ । दुई समूहबीच विवाद भएको देखिएको छ । सुधारगृहमा रहेका बालकहरूलाई अहिलेभित्र सुरक्षित रूपमा राख्ने काम भइरहेको छ ।”

सामान्यतया ५० जनाको क्षमता रहेको सुधारगृहमा हाल दुई सयभन्दा बढी बालक राखिएको छ । अदालतबाट विभिन्न कसुरमा दोषी ठहर भएका १८ वर्षमुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहहरूमा राख्ने गरिन्छ । भीडभाडका कारण व्यवस्थापनमा चुनौती बढ्दै गएको बताइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.