Connect with us

समसामयिक

गौर प्रादेशिक अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

Published

on

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गौरस्थित प्रादेशिक अस्पतालमा चाँडै नर्सिङशिक्षा सुरुगर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पताल गौरमा मंगलवार मातृ–शिशु स्वास्थ्य (एमसिएच) क्लिनिकको उद्घाटन समारोह लाई सम्बोधन गर्दै उक्त प्रतिवद्धता जनाएका हुन्।

कार्यक्रममा मुख्यमन्त्री सिंहले सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास रहेको जोड दिँदै न्यूनतम खर्चमा गुणस्तरयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउन  स्वास्थ्यकर्मीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

मुख्यमन्त्रीले गैरकानुनी रूपमा सञ्चालनमा रहेका केही निजी अस्पताललाई प्रदेश सरकारले अनुगमनमार्फत बन्द गराइसकेको र अझै धेरैले मापदण्ड पूरा नगरेको जानकारी दिँदै आवश्यक कारबाहीको तयारी भइरहेको बताए।

सो अवसरमा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले संघीयता लागू भएपछिको स्वास्थ्य क्षेत्रमा आएको सुधारबारे प्रकाश पार्दै, “प्रदेश सरकार ‘स्वास्थ्य मधेश’ निर्माणको लक्ष्यसहित अघि बढिरहेको छ,” भने। 

उनले अस्पतालमा भर्ना बिरामीलाई दिइदैँ आएको खाना नियमित राख्नुपर्ने बताए। रकम अभावका कारण खाना सेवा बन्द हुन लागेको भन्ने मैले सुनेको जनाउँदै मन्त्री सिंहले भने यस्तो निर्णय सही होइन, बिरामीले खाना पाउने अधिकार रहेको  खाना सेवा सुचारु राख्नुपर्ने बताएका छन्।

अस्पतालको सेवा–सुविधामा आमूल परिवर्तनका कारण बिरामीको संख्या बढेको र यसैले बजेट अभाव भएको बताउदै  प्रदेश सरकारले चाँडै समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्ने उनले प्रतिबद्दता जनाएका छन् ।

अस्पतालको सेवा विस्तार तथा गुणस्तर सुधारका लागि व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीको भूमिकाको प्रशंसा गर्दै १०० शय्याको अस्पताल बनेपछि आवश्यक जनशक्ति र मेसिनरी उपकरण व्यवस्थापनमा मन्त्रालयले उपलव्ध गराउने मन्त्री सिंहले प्रतिवद्वता जनाएका थिए।

स्वास्थ्य सचिव डा. प्रमोद यादवले प्रादेशिक अस्पतालहरू सुधारको नमुना बन्दै गएको उल्लेख गर्दै मन्त्रालयले सबै अस्पताललाई समान रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले आवश्यक औषधि पर्याप्त मात्रामा नहुँदा अस्पताल सेवामा प्रत्यक्ष असर परेको जानकारी दिएका थिए। उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता, सिडियो बिनोद कुमार खडका, प्रदेश सांसद जयचन पटेल, जिसस सभापती राम अयोध्या यादव लगायतका उपस्थिती रहेको थियो।

कार्यक्रम केवल भौतिक संरचना विस्तारमा सीमित नभई प्रदेश सरकारको स्वास्थ्य क्षेत्र सुधारका दीर्घकालीन लक्ष्यको सन्देश दिने अवसर पनि बन्यो। मातृ–शिशु स्वास्थ्य क्लिनिक सञ्चालनले सुरक्षित प्रसूति र नवजात शिशु हेरचाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ। तर, अस्पतालमा आवश्यक औषधिको अभावले स्वास्थ्य सेवा प्रभावित भएको तथ्यले अझै पनि आधारभूत आपूर्ति व्यवस्थापनमा चुनौती कायम रहेको देखिएको छ ।

निजी अस्पतालहरूको मापदण्डअनुसार सञ्चालनमा कमी रहेको मुख्यमन्त्रीको टिप्पणीले प्रदेशस्तरमा स्वास्थ्य नियमन कडाइको आवश्यकता औंल्याएको स्थानियले जनाएका छन् ।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.