Connect with us

राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

Published

on

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन्। मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनाको पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने उनले बताएका छन्।

आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो। लोसपाका सोनलले जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेर असोज ३० गते शपथ लिएको थिए। उनलाई समर्थन गरेका जनमत पार्टी विभाजन र माओवादीका दुई सांसदले मत नदिने भएर विश्वासको मत नपाउने निश्चित भएसँगे सोनलले पदबाट राजीनामा दिएका हुन्।

माओवादीतर्फका दुई जना सांसदहरुले असो्ज ३० गते के का आधारमा समर्थन गरेका थिए ? अहिले के नपुगेर नभएरु मत नदिने निर्णयमा पुगेका हुन् ? खुलाएका छैनन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.