Connect with us

राजनीति

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

Published

on

नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज शुक्रबार अपरान्ह प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख कर्णले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) गरी छ वटा राजनीतिक दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.