निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका समाहित भएका वामदेव गौतमको निवेदनपछि आयोगले उक्त पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिएका थिए । प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिए । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।