Connect with us

अन्तर्राष्ट्रिय

विहार निर्वाचनः मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

Published

on

भारतको बिहार राज्यको विधानसभा चुनावको सबै २४३ सिटको नतिजा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यो पटक पनि सत्तारुढ गठबन्धन एनडीएले कुल २०२ सिट जित्दै शानदार जित हासिल गरेको छ । भारतीय जनता पार्टी ९भाजपा० ८९ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ । यसको गठबन्धन साझेदार जनता दल (युनाइटेड) ले ८५ सिट प्राप्त गरेको छ । विपक्षी राष्ट्रिय जनता दल (आरजेडी) ले २५ सिट मात्र जितेको छ ।

लोक जनशक्ति पार्टी (रामविलास) ले १९, भारतीय राष्ट्रिय कांग्रेसले ६, अल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)ले पाँच, हिन्दुस्तानी अवाम मोर्चा (समाजवादी)ले पाँच, राष्ट्रिय लोक मोर्चाले चार, सीपीआई (एमएल) लिबरेसनले दुई, इन्डियन इन्क्लुसिभ पार्टीले एक, सीपीआई (एम) ले एक र बीएसपीले एक सिट प्राप्त गरेको छ ।

विहारमा प्राप्त गरेको जिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनावमा सत्तारुढ एनडीएको ऐतिहासिक जितलाई ‘वंशवादविरुद्ध विकास–प्रधान राजनीतिको विजय’ भनेका छन् । उनले यस सफलताले पश्चिम बंगालमा भाजपाको जितको लागि पनि मार्ग प्रशस्त गरेको बताएका छन् ।

मोदीले बिहारका मतदाताहरूले दिएको जनादेशले अब राज्यमा ‘जंगल राज’ कहिल्यै फिर्ता नआउने स्पष्ट संकेत दिएको बताए । उनले यसलाई देशभरि विकासको एजेन्डा अगाडि बढाउने राजनीतिको बलियो उदाहरणको रूपमा प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै विहारमा महिला र युवाका कारण उनको गठबन्धनले जितेको बताएका छन् । तर, भारतका विपक्षी कांग्रेस नेता राहुल गान्धीले बिहारको नतिजा आश्चर्यजनक रहेको बताउँदै लोकतन्त्र बचाउने प्रयास जारी राख्ने बताएका छन् ।

“बिहारका लाखौँ मतदाताहरूलाई मेरो हार्दिक आभार, जसले महागठबन्धनप्रतिको आफ्नो विश्वास व्यक्त गरे । बिहारको यो नतिजा साँच्चै आश्चर्यजनक छ,” सामाजिक संजाल एक्समा गरेको एक पोष्टमा उनले भनेका छन्, “सुरुदेखि नै अनुचित रहेको एउटा चुनावमा हामी विजयी हुन सकेनौँ । यो लडाइँ संविधान र लोकतन्त्रको संरक्षणको लागि हो । कांग्रेस पार्टी र इन्डिया गठबन्धनले यस नतिजाको गहिरिएर समीक्षा गर्नेछ । र, लोकतन्त्र बचाउने प्रयासलाई अझ प्रभावकारी बनाउनेछ ।”

कांग्रेस सांसद तारिक अन्वरले चुनावअगाडि मानिसहरूको खातामा दश हजार रुपैयाँ पैसा पठाएर उनीहरूलाई प्रभावित गरेर मत लिने काम गरेको बताएका छन् । उनले मतहरू किनबेच गरिएको र यो लोकतन्त्रको लागि खतरनाक भएको बताएका छन् ।
बाह्खरी

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.