Connect with us

अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकी विस्फोटमा नौ जनाको मृत्यु

Published

on

भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । भारतीय सञ्चारमाध्यक आजतकका अनुसार विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ भने २९ जना घाइते भएका छन् । गएराति करिब ११ः२० बजे नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भारस्करका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ । विस्फोटका कारण मानव अवशेषहरू तीन सय फिट टाढासम्म छरिएको अवस्थामा भेटिए आजतकले जनाएको छ ।विस्फोटका करण प्रहरी चौकीको भवनको ठूलो भाग भत्किएको छ भने धेरै सवारी साधनमा आगो लागेको थियो ।

अधिकारीहरूका अनुसार, ह्वाइट–कलर आतङ्कवादी मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमूना लिइरहेको बेला विस्फोट भएको थियो । यद्यपि, विस्फोटलाई आतङ्कवादी कोणबाट पनि अनुसन्धान भइरहेको छ । स्रोतहरूका अनुसार, विस्फोटक पदार्थ डेटोनेटर र फ्यूजबाट ट्रिगर गरिएको खण्डमा वा कुनै तरिकाले ट्रिगर गरिएको खण्डमा मात्र विस्फोट हुनेछ । त्यसैले, यो आतङ्कवादी आक्रमण हुन सक्छ ।

जैश–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादी समूह पिएएफएफले आक्रमणको जिम्मेवारी लिएको छ, तर यसको पुष्टि हुन बाँकी छ ।

भारतीय समाचार एजेन्सीहरु

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.