Connect with us

राजनीति

एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

Published

on

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिएका छन् ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन । यद्यपि आचार्यले प्रतिनिधि सभा निर्वाचनका लागि पनि एमालले दल दर्ता गर्ने जानकारी दिएका थिए । प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय भोलि १० मंसिर बुधबारसम्म मात्र छ । त्यसको अघिल्लो सदन आजै एमाले दल दर्ताका लागि आयोग जान लागेको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.