Connect with us

अन्तर्राष्ट्रिय

नौ महिनादेखि सुरुङमा फसेका ४० हमास लडाकु मारिएको दाबी

Published

on

इजरायलले गाजाको दक्षिणी सहर राफाको सुरुङमा फसेका ४० हमास लडाकु मारिएको दाबी गरेको छ ।

इजरायली सेनाले आइतबार राति वक्तव्य जारी गर्दै हतियारधारी लडाकुहरूलाई समाप्त पार्न राफामा रहेका सुरुङहरू नष्ट गरिरहेको जनाएको छ । गत हप्ता सुरुङभित्र ४० भन्दा बढी लडाकु मारिएका हुन् । इजरायलले यसअघि पनि राफामा धेरै लडाकुहरूको हत्या गरेको र गिरफ्तार गरेको दाबी गरिसकेको छ । यद्यपि, हमासले यी दाबीहरूप्रति कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायली सञ्चारमाध्यमका अनुसार, राफाको जमिनमुनि गत मार्चदेखि करिब २०० हमास लडाकु फसेका थिए । हमासको मागका बावजुद इजरायलले उनीहरूलाई बाहिर निस्कने बाटो दिन अस्वीकार गरेको थियो । समाचार संस्था रोयटर्सले गत महिना राफामा रहेका हमास लडाकुहरू सातरआठ महिनादेखि सम्पर्कविहीन रहेको र उनीहरूलाई युद्धविराम लागु भएको जानकारीसमेत नभएको उल्लेख गरेको छ ।

गत नोभेम्बर ६ मा इजरायल र हमासबीच एउटा सम्झौताको प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा हमासका लडाकुहरूलाई सुरक्षित रूपमा निस्कने बाटो दिनुपर्ने, इजरायलले उनीहरूलाई मार्नुको सट्टा कुनै तेस्रो देश वा गाजाको अर्को भागमा जान दिनुपर्ने सुझाव थियो । तर, इजरायल यसका लागि सहमत भएन ।

युद्धविराम सम्झौताअन्तर्गत लडाकुहरूलाई छोड्ने बदलामा हमासले हतियार समर्पण गर्ने र गाजामुनि बनेका सुरुङहरूको पूर्ण जानकारी दिने सर्त राखिएको थियो ।
मिडलइस्ट मोनिटरबाट

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.