Connect with us

राजनीति

हितेन्द्रदेव शाक्य प्राधिकरणमा हाजिर

Published

on

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले उत्कृष्ट काम गरेर देखाउने दाबी गरेका छन् । सर्वोच्च अदालतको परमादेशबाट पुर्नवहाली भएका उनले आज कार्यभार सम्हाल्दै सरकारसँग कुनै तुष नरहेको, बरू मिलेर काम गर्न तयार रहेको बताएका हुन् । बिहान १० बजे नै रत्नपार्कस्थित प्राधिकरणको कार्यालय पुगेका शाक्यले आफ्नो कार्यकाल सकिन साढे तीन वर्ष अझै बाँकी रहेको बताउँदै यसबीचमा जनताले राम्रा काम देख्न पाउने विश्वास दिलाए ।

‘सरकारसँग कुनै रिस राग छैन, अब साढे तीन वर्ष बाँकी छ’, उनले भने, ‘यो अवधिमा उत्कृष्ट नतिजा दिने प्रयास गर्नेछु, जनताले राम्रो कामको अनुभूति गर्न पाउनेछन् ।’ शाक्यले न्यायालयलाई धन्यवादसमेत दिएका छन् । ‘यसअघि ३५ पटक पेसी सरेको थियो, तर यो पटक समयमै सुनुवाई भयो, न्याय पाएको महशुस भएको छ, न्यायालयलाई धन्यवाद दिन चाहन्छु’, उनले भने ।

उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङले गत असोज ५ गते आफूलाई बर्खास्त गर्दै मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेकोमा त्यसविरुद्ध शाक्य सर्वोच्च पुगेका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको निर्णय बदर गरेपछि उनी प्राधिकरणमा फर्किएका हुन् ।

अदालतको आदेशमा सरकारले ‘पूर्वाग्रही’, ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढंगले शाक्यलाई सरुवा गरेको ठहर गरेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.