विश्वभर भ्रष्टाचारको अवस्थाबारे अनुगमन गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारीलाई साधारण सदस्य समेतबाट निलम्बन गरेको छ ।
किशोरीहरुको डिम्ब तस्करी प्रकरणमा मुछिएकी भण्डारीलाई राजीनामा दिन सुझाव दिएकोमा नमानेपछि सदस्यबाट हटाएको हो । महान्यााधिवक्रा भएपछि बरालले किशोरीहरुको डिम्ब तस्करी सम्बन्धी मुद्दा दर्ता नगर्ने निर्णय गराएकी थिइन । मानव अधिकारी उल्लंघन र गम्भीर फोजदारी अभियोगको यो मुद्दा बराल र उनको परिवार, नातदोर जोडिएको काण्ड हो ।
बराल डिम्ब तस्करीमा मुछिएपछि ट्रान्सपरेन्सी इन्टरनेसनलको कार्यसमिति बैठक उनलाई राजीनामा दिन सुझाएको थियो । तर, उनले ट्रान्सपरेन्सीको उक्त निर्णयलाई लत्याएकी थिइन । यसपछि उनलाई निलम्बन गरेको बताइएको छ ।
वरिष्ठ अधिवक्ता भण्डारी स्यंम डिम्ब तस्करीको आरोप खेपिरहेको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रा.लिको लगानीकर्ता रहेको खुलेको थियो । उनीमाथि यस्तो गम्भीर प्रश्न उठेपछि ट्रान्सपरेन्सी इन्टरनेशनको जर्मनस्थित हेडक्वार्टरले पनि यसबारे चासो राखेको थियो । हेर्डक्वार्टरकै निर्देशनमा नेपाल च्याप्टरले भण्डारीको सदस्यता अस्थायीरूपमा निलम्बन गरेको बुझिएको छ ।