Connect with us

अर्थ

मेलम्ची भ्रष्टाचारः सर्वोच्चमा पुनरावेदनमा गयो अख्तियार, जेनजी-सरकार सम्झौताका हस्ताक्षरकर्ता भोजविक्रम थापालगायत प्रतिवादी

Published

on

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतबाट सफाई पाएकाहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकको रिट लिएर सर्वोच्च अदालत गएको छ । अख्तियार खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, सहसचिव रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल, उपसचिव भोजविक्रम थापालगायत १७ जना विरुद्ध पुनरावेदनमा गएको हो ।

फैसला पुनरावलोकनका लागि अख्तियारले आज आइतबार सर्वोच्चमा रिट दायर गरेको छ । पुनरावेदनको रिटमा हालैमात्र जेनजी सहिद परिवारको तर्फबाट सरकारसँग भएको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापा समेत विपक्षी छन् । उनी मेलम्ची भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन उपसचिव हुन् ।

थापाको परिवारका सदस्य कसैले पनि जेनजी विद्रोहमा सहादत प्राप्त गरेका छैनन् । तर, पनि सहिद परिवारको प्रतिनिधिका रूपमा उनले प्रधानमन्त्रीसँगको सम्झौतामा हस्ताक्षरकर्ता बनेका थिए । थापालाई जेन–जी विद्रोहमा सिहादत प्राप्त गर्ने ईश्वतबहादुर अधिकारीको आफन्त भनिएको छ । थापाले अधिकारी आफ्नो संरक्षणमा रहेको बताएका थिए । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनामा अधिकारीको पुर्ख्यौली घर तनहुँको भानु र पछिल्लो ठेगाना काठमाडौं–११ उल्लेख छ ।

मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले फागुन २०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.