Connect with us

अर्थ

अर्थमन्त्रीलाई भेट्न गएका जेनजी घाइतेहरु बसे सिंहदरबार द्धारमै धर्ना

Published

on

जेनजी विदोहका घाइतेहरु विभिन्न माग लिएर आज आइतबार अपरान्ह अर्थमन्त्रीलाई रामेश्वर खनाललाई भेट्न सिंहदरबार प्रवेश द्धारमा पुगेका थिए । तर, प्रवेश अनुमति नपाएपछि घाइतेहरुले सिंहदरबारकै द्धारमा धर्ना सुरु गरेका छन् ।

सिंहदरबार धर्नामा संलग्न एकका अनुसार उनीहरुले रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएका नागरिकलाई निष्कासन गरेको आईपीओ बाँडफाँड रोक्का गरी नेपाल धितोपत्र बोर्डमा भएको भ्रष्टाचार छानबिन गर्ने मागसहित अर्थमन्त्री खनाललाई भेट्न चाहेका थिए । तर, बिहानैदेखि पहल गर्दा पनि प्रवेश पास र भेटको समय नपाएपछि पश्चिम द्धारमा धर्ना थालेका हुन् । उनीहरुले चार सुत्रिय माग राखेका छन् ।


हेर्नुहोस् माग

रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि निष्काशित आईपीओ बाँडफाँट प्रक्रिया तत्काल रोक्नुपर्ने ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल निलम्बन गर्नुपर्ने ।
बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने ।
भ्रष्टाचारमा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.