Connect with us

राजनीति

कांग्रेसमा फेरी चर्कियो विशेष महाधिवेशनको माग

Published

on

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग फेरि उठेको छ । आज शुक्रवार विशेष महाधिवेशनका पक्षधरहरुले नियमित १५ औँ महाधिवेशनको कार्यतालिका अविश्वसनीय रहेको भन्दै कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पेस गरेका छन् । साथै उनीहरुले विशेष महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

त्यस अवसरमा बोल्दै महामन्त्री गगनकुमार थापाले विधान भन्दा माथि कोही नभएको भन्दै अब विशेष महाधिवेशनबारे केन्द्रीय समितिको बैठकले निर्णय लिने बताएका छन् । उनले पुस मसान्तसम्मको कार्यतालिका आउँदा विशेष महाधिवेशन पक्षधरले स्वीकार गरेको उल्लेख गर्दै अब १५औँ महाधिवेशन नहुने अवस्था बनेकोमा पुस मसान्तसम्म विशेष महाधिवेश्ना सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्था रहेको बताएका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार नै विशेष महाधिवेशनको माग सम्बोधन हुनुपर्ने बताउँदै आफूहरूले कार्यसम्पादन समितिमा यस विषयमा कुरा राख्ने र कार्यसम्पादन समितिले आवश्यक निर्णय लिने बताएका छन् ।

कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेपनि त्यसको तयारीका लागि संस्थापन पक्षले आनाकानी गरेपछि सो समयमा महाधिवेशन नहुने संकेत देखिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.