Connect with us

राजनीति

बझाङबाट एमालेका ऐन महर निर्वाचित

Published

on

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्। महरको विजयसँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्। महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्।

यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेका छन्। नेकपाका मीनबहादुर कुँवर ले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। प्रारम्भिक मतगणनादेखि नै महरले अग्रता बनाएका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.