Connect with us

राजनीति

डा. नारायण कँडेल महान्यायाधिवक्ता नियुक्त

Published

on

सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको हो । जसअनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् । कँडेलले यसअघि रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका थिए ।

उनी पत्रकार महासंघ (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) धौलागिरी शाखाको सभापति पनि थिए । उनीे विसं २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.