Connect with us

समसामयिक

एनपीएलः आजको पहिलो खेलमा चितवन र लुम्बिनी भिड्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को १६ औं र १७ औं खेल आज साविक त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवन राइनोज र लुम्बिनी लायन्सपहिलो पटक आमुन्ने सामुन्ने हुँदैछन् । खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलमा चितवनबाट कुशल मल्ल र लुम्बिनीवाट रोहितकुमार पौडेलले कप्तानी गर्नेछन् । चितवन राइनोज र लुम्बिी लायन्सबाट निम्न खेलाडीहरुले खेल्नेछन् ।

चितवन राइनोज

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.