Connect with us

राजनीति

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

Published

on

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । गौतम र

कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका छन् । उनी नेकपा एमालेनिकट हुन् । वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

डा. शर्माले यसअघि मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत जिम्मेवारी बहन गरेका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.