राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा चितवनबाट २१ जनालाई राखेको छ । तर, धेरै जिल्लाबाट एक जनालाई पनि समावेश गरेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिजो ले सोमबार राति निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा चितवनबाट २१ जनाको नाम समावेश गरेको छ । भनिरहनै परेन, चितवन सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र भएको जिल्ला हो।
चितवनपछि मोरङबाट १५ जना उम्मेदवार रहेका छन् । सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका धेरै जिल्लाबाट रास्वपाको सामानुपातिक सूचीमा उम्मेदवार शून्य छ । रास्वपाको प्रारम्भिक निर्वाचनमा चितवनबाट डा. मनोहर प्रधान, प्रभा ढकाल र समिना मिया निर्वाचित भएका थिए । यी बाहेक थप १८ जना समानुपातिक सूचीमा समेटिएका छन् ।
चितवनमा डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी शेर्पा, सन्देश गुरुङ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा छन् । त्यस्तै, खर्सआर्यमा सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल उम्मेदवार रहेका छन् ।
सचिन ढकाल उद्योगी चन्द्र ढकालका छोरा हुन् भने विदुषी राणा गौलडस्टार जुत्ताकी निर्देशक हुन् । सूचीअनुसार चितवनबाट १६ जना खसआर्य र पाँच जना आदिवासी जनजाति कोटाबाट उम्मेदवार रहेका छन् ।
चितवनपछि मोरङबाट १५ जना समानुपातिक सूचीमा परेका छन् । मोरङबाट डा. राम लामा, मिङमा ग्लाबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मानकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, विशाल गुरुङ, रञ्जनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन र तुलसा वाइवासहित १३ जना आदिवासी जनजाति कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा छन् । खसआर्य महिलामा मोरङका रञ्जु दर्शना र थारु क्लस्टरबाट सुरेन्द्र चौधरी सिफारिस भएका छन् ।
काठमाडौंबाट ५, ललितपुर र भक्तपुर जिल्लाबाट ३र३ जना मात्रै समानुपातिक सूचीमा छन् । सूचीअनुसार ७७ जिल्लामध्ये रास्वपाले ३५ जिल्लाबाटै समानुपातिक उम्मेदवार खडा गरेको छ ।